सामाजिक शान्ति र सुरक्षामा योगदान: सत्य प्रकाश लुनिया सम्मानित

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, कार्तिक ०१, २०८१

विराटनगर/ ६९औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरीद्वारा आयोजित विशेष समारोहमा सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर सत्य प्रकाश लुनियालाई सम्मान गरिएको छ। सामाजिक शान्ति र सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो। लुनिया व्यवसायिक क्षेत्रका साथै सामाजिक सेवामा पनि सक्रिय रहेका छन्, र उनी मारवाडी युवा मञ्च विराटनगरका सदस्य समेत हुन्।

उक्त सम्मान समारोहमा कोशी प्रदेशका प्रमुख मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्य रहेको थियो। साथै, एस.एस.पी. जय सापकोटा, एस.एस.पी. भीम दाहाल, र एस.पी. दीपक पोखरेल लगायतका उच्च प्रहरी अधिकारीहरूको उपस्थितिमा लुनियालाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख मन्त्री कार्कीले लुनियाको समाज र प्रहरीबीचको सहकार्य सुदृढ बनाउन पुर्‍याएको भूमिकाको प्रशंसा गर्दै उनलाई विशेष सम्मान प्रदान गरे।

सम्मान ग्रहण गर्दै लुनियाले आफ्नो व्यवसायिक भूमिका संगै समाजसेवामा योगदान गर्न पाउँदा गर्व लागेको बताए। उनले सेन्ट्रल मल्टिप्लेक्सको व्यवस्थापनको क्रममा समुदायसँगको सम्बन्धलाई मजबुत बनाउन सफल भएको अनुभव साझा गरे।

समारोहमा स्थानीय प्रहरी अधिकारीहरू, समाजसेवीहरू र अन्य महत्वपूर्ण व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]