सुनवर्षी नाकाबाट माछा तस्करीको बढ्दो समस्या, स्थानीयको प्रहरीलाई कारबाहीको माग

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, कार्तिक ०१, २०८१

विराटनगर /भारतबाट सुनवर्षीको  सिक्टि नाका हुँदै दिनदिनै माछा तस्करी भइरहेको पाइएको छ। बिहान ५ देखि ६ बजेसम्म, तस्करहरूले दैनिक करिब २५० किलो माछा नेपाल भित्र्याइरहेका छन्। यी तस्करहरूले सुनवर्षीको डाइनिया हुँदै काशिजन स्कुलको बाटो प्रयोग गरेर दोहमाना हटियासम्म माछा पुर्याउने गरेको स्थानीयहरूले बताएका छन्। तस्करहरूले नम्बर प्लेटविनाका बाइक प्रयोग गर्ने र कुनै कानूनी कागजात नबोक्ने गरेको खुलासा भएको छ।

स्थानीयहरूका अनुसार तस्करहरूले प्रहरीलाई कुनै प्रकारको डर नमान्ने र फोन गर्दा पनि बेवास्ता गर्ने गरेका छन्। माछा तस्करीका लागि सिक्टि नाका प्रयोग हुने गरेको छ भने फर्कने क्रममा तस्करहरू डाइनिया हुँदै रंगेलीको आमगाछी नाका प्रयोग गर्छन्।

प्रतिबन्धित चाइनिज मंगुरी माछासमेत अवैध रूपमा भित्र्याइरहेको पाइएको छ। तस्करीमार्फत महिनामा करिब ७००० देखि १०,००० किलो माछा नेपाल भित्र्याइने अनुमान गरिएको छ। यसले नेपाली माछापालन उद्योगलाई ठूलो असर पुर्याएको छ भने, रङ्गेली र सुनवर्षीका विभिन्न हटियाहरूमा अहिले पनि चाइनिज मंगुरी सजिलै पाउन सकिन्छ।

स्थानीयहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तत्काल तस्करी रोक्नका लागि कडा कारबाही गर्न आग्रह गरेका छन्। तस्करीका कारण सीमा सुरक्षामा गम्भीर चुनौती खडा भएको भन्दै, अवैध गतिविधिहरू नियन्त्रण नगरे दीर्घकालीन रूपमा यसको नकारात्मक असर पर्ने चेतावनी दिएका छन्। स्थानीय व्यापारीहरू र माछापालनमा संलग्न किसानहरू पनि यस समस्याबाट पिडित भएका छन्, जसले गर्दा उनीहरूको व्यवसाय संकटमा परेको छ।

अब पनि यस्ता गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम चालिएन भने यसले सुरक्षा व्यवस्थामा गम्भीर चुनौती थप्ने स्थानीयहरूको चेतावनी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]