बिर्तामोडको कपास फ्याक्ट्रीमा विद्युत सर्टका कारण आगलागी, ४० लाख बराबरको क्षति

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

विराटनगर /आज बिहान बिर्तामोड-१ स्थित बरपिपल चोकमा रहेको इरतान कपास फ्याक्ट्रीमा आगलागी भएको छ। उक्त फ्याक्ट्री नेक मोहमदले संचालन गर्दै आएका थिए। बिहान ८:३० बजे अचानक विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीले फ्याक्ट्रीको टिनले छाएको भुइँतले गोदाम र अन्य संरचनाहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। झापाका बिर्तामोड, मेचीनगर, र भद्रपुर नगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र स्थानीयवासीहरूको सक्रियतामा बिहान ९:४० बजे आगो नियन्त्रणमा लिइएको थियो।

प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ, जसमा कपास बनाउने मेसिनहरू पनि नष्ट भएका छन्। आगलागीको कारण विद्युत सर्ट भएको बताइए पनि थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]