मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की ८ महिनामै हेडक्वार्टर तानिए, अवैध लेनदेनको आरोप

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

विराटनगर /जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई अवैध लेनदेनको आरोपमा ८ महिनामै हेडक्वार्टर तानिएको छ। २०८० फागुन ७ गते मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कार्कीलाई २०८१ कात्तिक २ गतेदेखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयले काठमाडौं तानेको हो।

प्रहरी प्रधान कार्यालयले एसपी कार्कीको जिम्मेवारी खोसिएको पुष्टि गर्दै, उनको ठाउँमा अपराध अनुसन्धान शाखामा कार्यरत एसपी राजन लिम्बुलाई मोरङ प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ। नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता डीआइजी दानबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन्।

एसपी नवराज कार्कीले मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि प्रहरी भित्र लेनदेन बन्द गर्ने घोषणा गरेका थिए। उनले लेनदेनमा संलग्न प्रहरीलाई तुरुन्तै कारवाही गर्ने चेतावनीसमेत दिएका थिए। तर, आफैंमाथि अवैध लेनदेनमा संलग्न रहेको आरोप लागेपछि कार्कीलाई हेडक्वार्टर तानिएको छ। थप अनुसन्धान भइरहेको जनाइए

को छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]