तेली कल्याण समाज नेपालले द्वारा रक्तदान कार्यक्रम आयोजना

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित शनिबार, आषाढ २९, २०८१

बिराटनगर / तेली कल्याण समाज नेपाल जिल्ला कार्यसमिति समिति मोरङले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ।

बिराटनगर वडा नं ७ स्थित रहेको सेन्ट्रल मल अगाडी साह हाडवेयरमा सो रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम बिहान ८:३० बजे देखि सुरू गरि बेलुकी १ बजे समापन गरिएको थियो। यस रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए भने ११ पिन्ट रगत सोही स्थान बाटै बिरामीलाई वितरण गरिएको थियो र बाँकी २५ पिन्ट रगत बिराटनगर स्थित देवकोटा चोकमा रहेको बल्ड बैंकमा पठाइएको संस्थाका सदस्य दिलिप साहले जानकारी दिए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रदिप साहको पनि उपस्थिति रहेको थियो। बिराटनगरमा रगतको अभाव भईरहेको अवस्थामा यस्तो कार्यक्रमले ठुलो योगदान पुर्याएकाे साहले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]