तेली कल्याण समाज नेपालले द्वारा रक्तदान कार्यक्रम आयोजना

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित शनिबार, आषाढ २९, २०८१

बिराटनगर / तेली कल्याण समाज नेपाल जिल्ला कार्यसमिति समिति मोरङले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ।

बिराटनगर वडा नं ७ स्थित रहेको सेन्ट्रल मल अगाडी साह हाडवेयरमा सो रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम बिहान ८:३० बजे देखि सुरू गरि बेलुकी १ बजे समापन गरिएको थियो। यस रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए भने ११ पिन्ट रगत सोही स्थान बाटै बिरामीलाई वितरण गरिएको थियो र बाँकी २५ पिन्ट रगत बिराटनगर स्थित देवकोटा चोकमा रहेको बल्ड बैंकमा पठाइएको संस्थाका सदस्य दिलिप साहले जानकारी दिए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रदिप साहको पनि उपस्थिति रहेको थियो। बिराटनगरमा रगतको अभाव भईरहेको अवस्थामा यस्तो कार्यक्रमले ठुलो योगदान पुर्याएकाे साहले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]