

विराटनगर / विराटनगरमा १०० वर्ष पुगेका दुई वृद्धहरूलाई शनिबार एक विशेष समारोहमा अभिनन्दन गरिएको छ। विराटनगर–६ स्थित घनश्याम पोखरेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा विराटनगर–२ निवासी सत्तावन्दी पुरुष नारायण खनाल र विराटनगर–३ निवासी बद्रीनाथ खतिवडालाई सम्मान गरिएको हो।
विराटनगर–४, पिपलचोकस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला बल्लभ अधिकारी र प्रतिष्ठानका अध्यक्ष प्राडा भोलानाथ पोख्रेलले दुवै वृद्धलाई फुलमाला, दोसल्ला र अभिनन्दन पत्र प्रदान गरी सम्मान गरेका हुन्।
त्यस अवसरमा दुईजना विद्यार्थी, रोशन न्यौपाने र अनुष घिमिरेलाई नगदसहित पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ।