रङ्गेलीका अरुण ताजपुरियालाई बोन मैरो रोगले आक्रान्त, आर्थिक सहयोगको याचना

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक ०४, २०८१

विराटनगर/मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८, नहरटोल नजिकै बसोबास गर्ने पवनलाल ताजपुरियाका छोरा, ३० वर्षीय अरुण कुमार ताजपुरिया, एक वर्षदेखि गम्भीर बोन मैरो रोगले पीडित छन्। प्रारम्भमा जिउमा कमजोरी, आँखा धमिलो देखिने र शरीरमा रगतको कमी जस्ता समस्याले ग्रसित भएका अरुणले काठमाडौँमा उपचार गराएपछि आफूलाई बोन मैरो रोग लागेको थाहा पाएका थिए। यो थाहा पाउँदा उनी छाँगाबाट खसेझैं भएको अनुभव सुनाउँछन्।

अहिलेसम्म उनले ४५ पाउट ब्लड चढाएका छन्। एक वर्षको अवधिमा उनले आफ्नो कमाइको सबै रकम र घर धितोमा राखेर निकालेको पैसा खर्च गरेर करिब ८ देखि १० लाख रुपैयाँ उपचारमा खर्च गरिसकेका छन्। उनकी आमा पूर्णमा कुमारी ताजपुरियाका अनुसार, यो आर्थिक भारले परिवारलाई निकै कठिनाइ भएको छ। अरुणको एक छोरा र श्रीमती समेत छन्, जसले गर्दा परिवारको जिम्मेवारी थप बोझिलो बनेको छ।

अहिले आर्थिक अभावका कारण अरुण रंगेली अस्पतालमा सामान्य उपचार गराइरहेका छन्। उनका बुबाका अनुसार, काठमाडौंमा उपचार गराइरहँदा राम्रो भए पनि अहिले आर्थिक कठिनाइले उपचारमा समस्या आएको छ। परिवार ज्याला मजदुरी गरी गुजारा गर्दै आएकोले यो संकटले झन् ठूलो असर पारेको छ।

रंगेली अस्पतालका डाक्टर अजय कुमार दासका अनुसार, अरुणको उपचारका लागि करिब ३० लाख रुपैयाँ खर्च लाग्नेछ। यस्तो अवस्थामा, अरुणका परिवारले देशविदेशका नेपालीहरूलाई आर्थिक सहयोगको लागि याचना गरेका छन्।

सहयोगको आवश्यकता भएकोले, कुनै पनि आर्थिक सहयोगले अरुणको जीवन बचाउन मद्दत पुर्याउन सक्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]