जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले हराएको सुनको गहना फिर्ता गर्‍यो

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

विराटनगर/ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले हराएको साढे ३ लाख रुपैयाँ बराबरको सुनको गहना सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ। विराटनगर–१, पोखरीया निवासी गणेश श्रेष्ठले आइतबार बजारबाट सुनको गहना किनेर घर फर्किने क्रममा सिटी सफारीमा छुटाएका थिए।

ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालको नेतृत्वमा रहेको टोलीले सिटी सफारीका चालकसँग समन्वय गरेर उक्त सुनका गहना श्रेष्ठलाई जिम्मा लगाएको हो। आइतबार विराटनगर–२ मुनालपथस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी गहना फिर्ता गरिएको थियो।

शुभ–दीपावलीको बेला बजारमा किनमेल गर्नेको भीड बढेको बेला व्यस्त विराटनगरको ट्राफिक चौकमा श्रेष्ठले सुनका गहना सफारीमा छोडेका थिए। मोरङ ट्राफिक प्रहरीको यो उदाहरणीय कार्यको सर्वत्र प्रशंसा भइरहेको छ।

प्रहरी निरीक्षक लम्सालले यस प्रकारका घटनामा जनताको साथ र सहयोग आवश्यक रहेको बताउँदै इमान्दारीपूर्वक काम गर्नुपर्ने धारणा व्यक्तगरे।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]