मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र श्रीमतीले मकालु आधार शिविरको सफल पदयात्रा सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

विराटनगर/ मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र उनकी श्रीमती रेखा राठीले हालै मकालु आधार शिविरको सफल पदयात्रा सम्पन्न गरेका छन्। यस दम्पतीले गत असोज महिनामा विजया दशमीको अवसर पारेर विश्वको पाँचौं अग्लो हिमाल, मकालुको आधार शिविरमा पुग्न सफल भएका हुन्।

मकालु आधार शिविर समुद्री सतहदेखि ४८७० मिटरको उचाइमा अवस्थित छ। यो पदयात्रामा ८० हजारभन्दा बढी खुड्किला चढ्नुका साथै यात्रुले विभिन्न हिमाली दृश्य, पहाड, नदी, झरना, सांस्कृतिक गाउँहरू तथा प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाउँछन्।

मकालु–वरुण राष्ट्रिय निकुञ्जभित्र पर्ने यो पदयात्रा साहसिक र चुनौतीपूर्ण मानिन्छ। तर, अध्यक्ष राठी दम्पतीले आफ्नो साहस र दृढ इच्छाशक्तिको माध्यमबाट यो चुनौतीलाई पार गर्दै पदयात्रा सफल बनाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]