क्यान्सर रोगको परीक्षण सहित उपचार राज लक्ष्मी होस्पिटल कलैयामा शुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

विराटनगर/बाराको कलैया स्थित राज लक्ष्मी रिलिफ होस्पिटल प्राईभेट लिमिटेडले क्यान्सर रोगको परीक्षण तथा उपचारको सुरुवात गरेको छ। होस्पिटलका संचालक विजय कुमार साहले बारा जिल्लामा सुविधा सम्पन्न होस्पिटलको अभावलाई महशुस गर्दै यो अत्याधुनिक अस्पताल संचालनमा ल्याएका थिए। हाल कलैया मेडिकल हब बन्दै गएकाले क्यान्सर पीडितहरुको लागि विशेष सेवाहरू प्रदान गर्दै क्यान्सर परीक्षण र उपचार शुरु गरिएको हो।

संचालक साहका अनुसार, क्यान्सर सम्बन्धी परीक्षण निःशुल्क प्रदान गरिने छ। स्त्रीहरूको स्तन क्यान्सर, पाइल्स क्यान्सर लगायत अन्य प्रकारका क्यान्सरको निःशुल्क परीक्षणपछि आवश्यक शल्यक्रिया तथा उपचारको सुविधा उपलब्ध गराइएको छ। यसबाहेक, अस्पतालले यसअघि नै अर्थोपेडिक, ईएनटी, र सर्जरी सम्बन्धी सफल शल्यक्रिया गर्दै आएको थियो।

राज लक्ष्मी रिलिफ होस्पिटलले एनआईसियु, आइसियु सेवा समेत प्रदान गर्दै आएको छ, भने कलैयाको पहिलो निजी अस्पतालको रुपमा भेन्टिलेटर सेवा उपलब्ध गराएको छ। अस्पतालले विशेषज्ञ चिकित्सकहरूको टिमद्वारा उपचार सेवाहरू प्रदान गरिरहेको छ, जसमा फोक्सो रोग विशेषज्ञद्वारा शल्यक्रिया समेत गरिँदै आएको जानकारी संचालक साहले दिए।

साहका अनुसार, सेवाग्राहीहरूको सुविधा ध्यानमा राखेर सम्पूर्ण परीक्षण र उपचार एउटै स्थानमा हुने व्यवस्था मिलाइएको छ। उपचारपछि निको भएपछि मात्रै एकमुष्ट बिल भुक्तानी गर्नुपर्ने हुँदा केहीले होस्पिटल मँहगो भएको गुनासो गरेका छन्। अन्य अस्पतालहरूले बाहिर परीक्षण गराउँदा बिल कम देखिने भए पनि, राज लक्ष्मी होस्पिटलले सम्पूर्ण सेवा एकै ठाउँमा दिने भएकाले समग्रमा यो सुविधाजनक छ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]