झापाको हल्दिवारीबाट १३ जना जुवाडे पक्राउ, नगद र ताससहित बरामद

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

विराटनगर /झापाको हल्दिवारी–१ गोलधाप बजारबाट १३ जना जुवाडे पक्राउ परेका छन्। गएराति १०:३० बजे प्रहरीले गजेन्द्र काङबाङको घरमा छापा मारेर तास र कौडा खेलिरहेका १३ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा छापा मार्दा नगद ८३ हजार २८५ रुपैयाँ, १६ थान कौडा, ४६९ थान तास, १ थान खाल, १ थान काठको फ्रेम, ११ थान स्क्रिन टच मोबाइल र २ थान किप्याड मोबाइल बरामद गरेको छ।

पक्राउ पर्नेहरुमा हल्दिवारी–१ बस्ने यज्ञराज त्रिताल वर्ष ६३, बिरबहादुर गुरुङ वर्ष ४५, रामनाथ साह वर्ष४२, भानुभक्त न्यौपाने वर्ष६१, अशोक राई वर्ष ६२, सरोज दाहाल वर्ष६१ , प्रकाश गुरुङ वर्ष ३८, बिर्तामोड–५ का राजन चुडाल वर्ष ५२, भद्रपुर–१० का राजेन्द्र तुलाधर वर्ष५५, यादव भट्टराई बर्ष ४३, रामबाबु राउत बर्ष ५८, बिशाल अधिकारी बर्ष ४५ र सुवास न्यौपाने रहेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा लगेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिएकाछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]