सिनेमा ‘पुर्ण बहादुरको सारंगी’को विराटनगरमा भव्य साङ्गीतिक प्रचार कार्यक्रम सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

विराटनगर/ कार्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘पुर्ण बहादुरको सारंगी‘को विराटनगरमा भव्य साङ्गीतिक प्रचार कार्यक्रम सम्पन्न भएको छ। विराटनगरको महेन्द्र चोकमा आयोजित यस कार्यक्रमले दर्शकको उत्साहजनक उपस्थिति पाएको थियो।

प्रचार कार्यक्रम इटहरीबाट सुरु भई धरान, दमक हुँदै विराटनगरमा आयोजना गरिएको थियो। प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल, अन्जना बराइली, गायक तथा संगीतकार प्रशान्त सिवाकोटी, र सारंगी बाधक बिराज गन्दर्भको उपस्थिति रहेको यस कार्यक्रममा सिनेमा टिमले दर्शकलाई विशेष सांगीतिक प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेको थियो।

गायक प्रशान्त सिवाकोटीले सिनेमाका गीतहरू प्रस्तुत गर्दा, बिराज गन्दर्भले सारंगीको सुरमा र्याप प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा प्रमुख कलाकारहरूले विराटनगरका दर्शकलाई सिनेमा हेर्न आग्रह गर्दै प्रचार अभियानलाई समापन गरेका थिए।

यस सिनेमाको प्रचार अभियान अहिले चितवनतर्फ अगाडि बढ्दै छ। ‘पुर्ण बहादुरको सारंगी’ गन्दर्भ समुदायको सांस्कृतिक संघर्ष, परम्परा संरक्षण, र सारंगी संस्कृतिको प्रवर्धनको कथामा आधारित रहेको छ। सिनेमालाई सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन् भने बिनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन्।

कार्यक्रमको व्यवस्थापन आकाश रावलको ‘हुस क्रीयशन’ टिमले गरेको हो भने मिमिक्री आर्टिस्ट दिनेश काफ्लेले सञ्चालन गरेका थिए।

भिडियो लिंक;-

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]