सुनवर्षी–४ काशीजानकी कृष्टि राजवंशी छोरीसहित बेपत्ता, पत्ता लगाउनेलाई ५०,००० पुरस्कार 

Logo
सरिता कर्मकार प्रकाशित मंगलबार, कार्तिक ०६, २०८१

विराटनगर/ मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नम्बर ४ काशीजानकी २१ वर्षीया कृष्टि राजवंशी असोज २१ गतेदेखि ४ वर्षीया छोरी नायरा दाससहित बेपत्ता भएकी छन्। कृष्टि आफ्नो माइती बेलबारी–८ मा ठुलो बुबाको निधन भएको कारणले असोज १९ गते छोरीलाई लिएर माइत गएकी थिइन्। ठुलो बुबाको काम सकेपछि उनी असोज २१ गते सोमबार घर फर्कने क्रममा सम्पर्कविहीन भएकी हुन्।

कृष्टिका श्रीमान अमित कुमार दास कतारमा वैदेशिक रोजगारमा छन्। उनले श्रीमती हराएको खबर पाएपछि आपतकालीन टिकट काटेर अक्टोबर १० मा नेपाल फर्केका थिए। श्रीमती र छोरीको खोजीका लागि उनले रंगेलीको इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्। अमितले प्रहरीमार्फत खोजी कार्य जारी रहेको बताए, तर अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त भएको छैन। कृष्टिको मोबाइल फोनको अन्तिम लोकेसन हरिनगरामा देखिएको भए पनि त्यहाँ खोजी गर्दा पनि पत्ता लाग्न सकेको छैन।

कृष्टिको कल डिटेल अनुसार अन्तिम कल बुबा, माइतीको दिदी र प्रहरीले गरेका थिए। उनका श्रीमान अमितले पत्रकार सम्मेलन मार्फत आम जनसमुदायलाई सहयोगको लागि आग्रह गर्दै जसले श्रीमती र छोरीलाई पत्ता लगाउँछ उसलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

कृष्टिलाई भुल्ने रोग भएको कुरा उनका आफन्तहरूले बताएका छन्। घरका कामहरु गर्दा वा सामान राख्ने क्रममा उनी कहिलेकाहीँ बिर्सने समस्या झेल्दै आएकी थिइन्। उनी काशीजानको श्री काली माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।

श्रीमती र छोरी बेपत्ता भएपछि अमित अत्यन्त चिन्तित छन्। उनले घरमा कुनै प्रकारको मनमुटाव नभएको र विदेशमा हुँदा पनि श्रीमतीसँग घरायसी कुराकानी भइरहने गरेको बताएका छन्। उनले श्रीमतीलाई सम्पर्कमा आउन आग्रह गर्दै यदि कुनै समस्या छ भने आफूसँग खुलस्त कुरा गर्न सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन्।

कृष्टिका ससुरा किरण कुमार दासले पनि बुहारीलाई सम्पर्कमा आउन अनुरोध गर्दै जहाँ बस्न सहज हुन्छ, त्यही बस्न मिलाउने बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]