सोच, विचार र दृष्टिकोण परिवर्तन हुदै

Logo
संजय कुमार राजवंशी / विराटनगर प्रकाशित मंगलबार, कार्तिक ०६, २०८१

सत्य यूगमा हामीले एक व्यत्ति वा सो भन्दा बढि व्यत्तिसंग सहकार्य गरी कामकाजहरु गर्थियौँ तर अहिले एक व्यक्ति होइन तर एक व्यत्तिमा भएको फरक फरक सोच, विचार र दृष्टिकोण संग कामकाजहरु हामी गरिरहेका छौँ । व्यत्ति एक भएपनि सोच, विचार र दृष्टिकोण एक व्यत्तिमा फरक फरक व्यत्तिको सोच र विचारमा काम गरिरहेका छौँ । जुन निकै घातक सावित हुन्छन् । कसैले पनि कसैलाई विश्वास नगर्नु एक किसिमको रोग जस्तै हो ।

चार यूगहरुको विवरण गुगलमा हेरियौँ भन्ने यस प्रकारले व्यख्या गरिएको छ । जस्मा चार यूगको समयअवधि १२ हजार ९ सय ६० वर्ष भनिएको छ । यस पृथ्वीलाई राशिचक्रको एक डिग्रीबाट गुज्रिन ७२ वर्ष लाग्छ अनि ३ सय ६० डिग्रीको एउटा पूर्ण चक्र पूरा गर्नको लागि २५ हजार ९ सय २० वर्ष लाग्छ । आधा चक्रको यात्रा पूरा गर्नको लागि १२ हजार ९ सय ६० वर्ष लाग्छ, जसमा चार युगहरू समेटिएका हुन्छन् । सत्य युग ५ हजार १ सय ८४ वर्षको हुन्छ । त्रेता युग ३ हजार ८ सय ८८ वर्षको हुन्छ । द्वापर युग २ हजार ५ सय ९२ वर्षको हुन्छ । कलि युग १ हजार २ सय ९६ वर्षको हुन्छ । यी चार युगहरूको कुल समय १२ हजार ९ सय ६० वर्ष हुन्छ । विभिन्न युगहरूमा, मानिसहरूको बुद्धिमत्ता भिन्न आयामको हुन्छ साथै उनीहरू विभिन्न माध्यमहरूले संवाद गर्छन् भनी उल्लेख गरिएको छ ।यस व्याख्या अनुसार हम्रो वातावरण, प्रकृति, वनजङ्गल तथा रहनसहन, हाम्रो चाहना र आव्श्यत्ता अनुसार फरक फरक हुन्छन् भन्ने स्पष्ट छन् । अव प्रकृति फरक हुनुभनेको हाम्रो जिवनमा पनि क्रमश विचार, सोच र कुनै कुरा बुझने क्षमतामा प्रश्न उठनु हो । जस्मा हाम्रो धेरै यस्ता विषय वस्तु छन् जुन प्रत्येक्ष असर पारिरहेको हुन्छन् । वातावरणले मान्छेको जिवन संग एक महत्व्पूर्ण विषय हो । र मान्छेको जिवन पनि सकिनु हो भन्ने देखाइएको छ । चार यूगमा क्रमश समय घट्दै गएको देखाएको छ । जुन प्रकृति, वनजङ्गल र वातावरण विनास भइरहेको विषय प्रष्ट संग सम्न्धित छन् ।
प्रकृति, वनजङ्गल तथा वातावरण स्वास्थ्य नभएपछि मान्छेको जिवन पनि स्वास्थ्य नरहने हुन्छन् । र हाम्रो सोच, विचार र दृष्टिकोण सोहि अनुरुप बढ्छन् । हामी कसरी सोचछौँ भन्ने कुरा महत्वपूर्ण हो । किनभने जे सोचछौँ मानिस तेहि नै गर्छन् यो सत्य हो ।

हाम्रो सोच, विचार र दृष्टिकोण यस्तो हुदै छ ।

भ्रष्टाचार गरेर त यत्रो घर बनायो उस्ले मपनि गर्दा के जान्छ र पछि जे हुन्छ हेर्छू । भ्रष्टाचार गर्नु त गलत नै हो, तर आफनो घर परिवारलाई शुखमा राख्न सकिएन भन्ने पछि के हुन्छ, जे होस् म त भ्रष्टाचार गर्छु । अहिले म घुस दिहाल्छु पछि मेरो जागिर भएपछि अशुल गरिहाल्छु नि, भ्रष्टाचार गरिहाल्छु आफना आव्शयत्ता पुरा भएपछि भ्रष्टाचार गर्न छोडदिन्छु । म यो मान्छेसंग मेरो जिवन सुरक्षित छकि छैन्, तर मान्छे त इमान्दार नै छ तर पछि के गर्ला । इमान्दार भएर के गर्नु आखिरमा जिवन चलाउन पैशा नै चाहिन्छन्, उस्को अनुहारले के गर्छ राम्रो, इमान्दार छ ठिकैछ । पैशा सापटि दिन्छु तर पछि दिएन भने के गर्ने ब्लैङ चेक चैँ लिइराख्छु, पछि केहि भएछ भन्ने चेक बाउन्स गराउछु । मलाई के मतलव मलाई जसरी पैशा कमाउनुछ, जे सुकै होस्, जे हुन्छ पछि हेरौँला । यो देशमा को राम्रो छ, को भ्रष्ट छैन म अलिकति भ्रष्टाचार गरे भन्ने के नै हुन्छ र ।

यस भन्दा माथिल्लो प्राग्राफमा जे सुकै भएपनि हामी सचेत भयौँ नै तर समाज कसरी विकास भइरहेको छ भन्ने मेरो भनाई मात्रै हो । हाम्रो सोच, विचार र हाम्रो सफा दृष्टि खराब हुदैछ भनेर भन्नु सायद गलत नहोला । यस बाट अर्को कुरापनि सिक्न सकिन्छन् कि अरुमाथि भरोसा नगर्नुस्, अरुलाई सहयोग गर्दापनि आफु कानुनी कुराहरुमा ध्यान दिनुपर्छ भनेर सिक्नु सहि नै हो तर हाम्रो सोच, विचार र दृष्टिकोण चैँ पकै भन्न सक्छौँ राम्रो दिशातिर गइरहेको छैनन् नै ।

अथवा रक्सी खानुहुदैन सत्य हो तर जनता बुझन चाहादैनन् । गुटखा खानुहुदैन तर जनता मान्दैनन् । सत्य मात्रै बोल्नुपर्छ यो सहि हो तर बोल्दैनन् । झुठो बोल्नुहुदैन तर झुठो बोलेपछि मात्रै पत्याउँछन् । जसश्रोतको दोश्रो धनी देश नेपाल हो पानि किनेर खानु नहुने भनुस तपाईँलाई गलत भन्छन् । मायामा धोखा दिनुहुदैनन् भन्छन् तर प्रत्येक दिन प्राय अधिकाँशले एक अर्कालाई विभिन्न बाहानामा धोखा छिनछिनमै दिइरहेको हुन्छन् होला । सरकार मिटर ब्याजी हो भनुस् बिजुलीको विषय वस्तुमा कोहि पत्यउदैनन् ।

हामी कसरी सोचछौँ भन्ने विषय वस्तु एक फरक प्रकृया हो । समाजले हालअहिलेसम्म यो अवस्थामा आएर कसरी कुन विषयलाई सोचनुपर्छ भनि छलफल तथा अन्तरकृया त गर्नु र गरिहाल्नु त पर्दैनन् तर समाज यहि सोच, विचार र प्रकृयामा अगार्डि बढछन् । यस विषय वस्तु लेखन र बुझाउन जति जरुरी छन् उति नै यस देशको परिवेश र चलन अवस्थालाई बुझन जरुरी छन् ।

तपाईँ जति भ्रष्ट बनुस् तेति तपाईँको अगार्डि पछाडी मान्छेको भिड हुन्छन् । र तपाईँलाई राम्रो पनि भन्छन् होला । तपाईँ देशको राजनिति अवस्था अनुसार र राजनितिक परिवेश अनुसार नै चल्छ देश । यो भनीरहदा सायद गलत नहोला । यति भनिरहदा सबै सरकारका निकाय अथवा सरकार भ्रष्ट हुनेपनि होइन । कतिपय सरकारका निकाय र कतिपय सरकारपनि राम्रै काम गरिरहेका पनि छन् ।

भगवान गौतम बुद्धका महत्वपुर्ण उपदेशहरु यस प्रकार छन् ।
१. मानिसले अतितको बारेमा सोच्नु आवश्यक छैन र न त भविष्यको चिन्ता गर्नु पर्नेछ । हामीलाई आफनो बर्तमान समयमा ध्यान केन्द्रित गर्न आवश्यक छ । यही नै खुशीको मार्ग हो ।
२ं मानिसले आफनो शरीर स्वस्थ राख्ने जिम्मेदारी हुन्छ । यदि शरीर स्वस्थ नभएमा तपाईको सोच र मन पनी स्वस्थ र स्पष्ट हुनेछैन ।
३ं सबै गलत कार्यले मनमा जन्म लिन्छ । यदि तपाईको मन परिवर्तित भएमा मनमा गलत कार्य गर्ने विचारले नै जन्म लिदैन ।
४. हजारौ खोक्रो शब्दभन्दा त्यो एक शब्द राम्रो हुन्छ, जसले शान्ति लिएर आउछ ।
५. कसैलाई घृणा गर्दा तपाईको मनको घृणा खत्म हुदैन, यो केबल प्रेमले नै खत्म गर्न सकिन्छ । जसरी नराम्रोको लागी नराम्रो खत्म हुदैन, त्यो प्रेमले समाप्त हुन्छ ।
६. जो मानिस जति मानिसलाई माया गर्छन, त्यती ब्यक्तिबाट नै उनीहरु दुखी हुन्छन्, त्यसको कुनै संकट छैन ।
७. एउटा जंगली जनावर भन्दा धेरै खतरानाक एउटा कपटी र दृष्ट मित्र हो किनभने जनावरले तपाईलाई केबल शारीरिक नोक्सानी पुर्याउछ, जबकि दृष्ट मित्रले तपाईलाई बुद्धि–विवकेलाई नोक्सान पुर्याउछ । यस्ता मित्रहरुसँग सावधान रहनुपर्दछ ।
८. सन्देश र शंकालु बानी भयानाक हुन्छ, यसबाट सम्बन्धमा खटपट उत्पन्न हुन्छ । मित्रता टुट्न सक्छ ।
९. मानवले कहिले रिस गर्नु हुदैन । तपाईले रिसको सजाय पाउनुहुन्न तर तपाईल क्रोधबाट सजाय पाउनुहुन्छ ।
१०. हजारौ लडाई जित्नुभन्दा राम्रो हुन्छ कि तपाई स्वयंममाथि विजय प्राप्त गर्नुहोस्, फेरी विजय सधै तपाईको नै हुनेछ ।
११. विश्वमा यि ३ चिजलाई कहिले लुकाउन सकिदैन ः चन्द्रमा, सुर्य र सत्य ।
१२. सत्य बाँटोमा हिड्ने ब्यक्ति २ वटा गल्ति मात्र गर्न सक्दछ । पहिलो– या त उसले पुरै बाटो तय गर्न सक्दैन । दोस्रो– या फेरी त्यो बाटोमा हिड्नेछैन ।
१३. मानवको लागी आफनो लक्ष्यलाई पाउनु भन्दा राम्रो त्यो लक्ष्यलाई पाउने यात्रा राम्रो होस् ।नेपालको गौतम बुद्घलाई सबैले मानेका छन् तर पनि समाज र देशमा राम्रो विकास हुन नसक्नु भनेको हामी कसरी बुद्घको उपदेशमा चलेका छौँ भन्ने कुरा हामी बुझन जरुरी छन् । मानौँ उधाहरणका लागि राम भन्ने व्यत्ति बिजुली मिस्त्री छन् उस्को परिचय बिजुली मिस्त्री नै हुन्छ । शिक्षक छ भन्ने उस्को परिचय शिक्षक हुन्छ तर अहिले देशको अवस्थाले मानवता हराउदै गएकोे देखिन्छन् यसो भन्दा सायद म गलत नहोला । जनताको सोचमा पनि परिवर्तन भएको छ । कुनै नेताले राम्रो काम गदैनन् भनेर पनि चुनावमा दारु र मासु खाएर मतदान गर्छन भनेर जनताले बोलिरहेको देखिन्छन् । जुन जोगी आएपनि कानै चिरेको भन्ने भाष्य निमार्ण भइरहेको छ ।

अहिले सामाजिक सञ्जालको समयमा हेर्न सकिन्छ घरघरमा झगडा, धार्मीक द्घन्द, समाजमा कलह, समाज उल्टो दिशातिर गइरहेको छ । एक आपसमा फुटाफुट, एकले अर्कोलाई नपत्यउने, धोखादाडी, कानुन विपरित काम गर्दापनि डर नभएको जस्ता विषयहरु अहिले जताततै देखिन्छन् । घरपरिवार, समाजमा कलह देखिन्छन् ।

निष्कर्ष ः म यस विचार लेखि राख्दा समाजको दृष्टिकोण मात्र देखाउन खोजेको हुँ । समाजलाई कतिसम्म र कसरी हेर्न सकिन्छन् विषय वस्तु मात्रै हो । समय संगै मान्छेको सोच परिवर्तन हुनु ठिकै हो सायद तर समाजका आउने भविष्य पुस्तालाई के दिन्छौ मुख्य विषय हो । शिक्षा संगै राम्रो सोचको विकास हुनुपर्छ भन्ने मात्रै मेरो भनाई हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]