माटोसंग रमाउदै शिल्पकार ध्यानी पण्डित

Logo
रामसुन्दर राजबंशी प्रकाशित बिहिबार, आश्विन ३०, २०८२

माटोसंग रमाउदै एक साधारण र गरिब शिल्पकार बर्ष ५७ का ध्यानी पण्डित बिराटनगर महानगरपालिका वडा न ११ जनपथ टोल स्थित समान्य अवस्थामा माटोबाट बनिने माटाका भाँडाकुँडा र मूर्तिहरू बनाउदै आएका छन् l उनको सम्पति भन्नु नै एउटा सानो घर, पुरानो चक्र र नजिकै नदीको किरानाबाट ल्याइएको चिक्कनो माटो हो l जुन माटाका सामाग्रीहरु बनाउदा प्रयोग गरिन्छ l

उनी बिहान उज्जालो नहुदै उठने, माटो मुछने, पानी छर्कने र चक घुमाउने कार्य गर्दै आएका छन् l चाहे गर्मी होस् वा झरीको सिरेटो l तर पनि उनले माटोका भाडाकुडा बनाउने काम निरन्तर रुपमा गर्दै आएका छन् l उनका आखाहरू अर्ध्र खुल्ला रहन्थियो l उनको ध्यान चक्रमाथि घुमिरहेको भाडामा केन्द्रीत हुन्थीयो-कस्तो आकार दिने, कति पातलो बनाउने l उनको यही मेहनत र लगाबले यिनी दिउसो एक-दुई घन्टा आराम गर्ने गर्छन l यसरी नै उनले जीवन चक्र औजार घुमाए जस्तै दिनचर्या बिताउदै आएका छन् l

उनको एक छोरा साना छन र चार छोरी रहेको छ l उनलाई परिवार पाल्न, छोरा र छोरीलाई विधालयमा पढाउन धौ-धौ हुने गर्थियो l केहि बर्ष पछी चार छोरी मध्ये दुई छोरी प्रविणता प्रमाण पत्र अर्थात् प्लस टु पास गरेकी छिन् l उनीहरु निजि क्षेत्र सानोतिनो जागिर गर्दै छिन l
उनीलाई सानैदेखि लेखपढ गर्ने रहर थियो l तर आर्थिक आभाबका कारण उनी बिधालय जान पाएँन l किन कि उनका पिता पनि गरिब शिल्पकार थिए l उनले आफ्ना पितालाई सानैदेखि नै माटाका भाडाकुडा बनाउने कार्यमा सघाउने गर्द्थिए l उनले किताबको पन्ना भन्दा पहिले माटो मुछ्ने कला सिके l यही कला र सिपबाट परिवारको पल्नपोष्ण गर्दै गुजारा चलाउदै आएका छन् l पण्डितले माटोलाई विभिन्न आकार दिएर भाँडाकुँडा, मूर्तिहरू र अन्य सजावटका सामग्रीहरू बनाउने पुर्खादेखिको परम्परालाई निरन्तरता दिँदै आएका छन् । माटोबाट बनिने घरेलु सामग्री मुख्य ठाउँमा बजारीकरण नभएकै कारण साना तिना हाटबजारमा बिक्रि बितरण गरेको पाइन्छ l मुख्य सहरहरुमा बजारीकरण घट्दो छ l जसले गर्दा शिल्पकार हरुको अस्तित्व र पेशा हराउदै गएको छ l शिल्पकार पेशा आय आर्जकालागि प्रभाकारी हुन् सकेन l सिल्पकरहरुको आय स्तर खस्किदै गएको छ l यसप्रति सरकारको ध्यान गएको देखिदैन l

शिल्पकार पण्डित जस्तै थुप्रै माटोको सामग्री बनाउने शिल्पकरहरु लोप हुदै गएको छ l यसका कला र सिप पनि हराउदै गएको छ l सायद, शिल्पकारहरुको सिप र कलाप्रति उज्ज्वल भविष्य नदेखेर पुस्तान्तण गर्न नसकेको हो l यो पेसालाई व्यापक रुपमा व्यवसाय तथा बजारीकरण गर्न नसकेकाले यस पेशाप्रति आकर्षण घट्दै गएको छ l जसले गर्दा आय स्तर पनि खस्किदै गएको छ l उनले जेनोतेनो परिवार पाल्दै आएका छन् l

मैले छोरा र छोरीलाई यत्रो मेहनत गरेर पढाए तर भविष्य देखिरहेको छैन, भन्ने गुनासो गर्दै आएका छन् l उनको छोरा र छोरीलाई पढाउने स्थति नभएपनि साहु महाजनसंग ऋण लिएर गर्जो टार्दै आएका छन् l समय बदलिदै गएको छ l गाउ-घरमा स्टिल र प्लास्टिकका सस्ता र टिकाउ भाडाकुडाहरु भित्रिदै आएको छ l जसले गर्दा कसैले पनि माटोको भाडाकुडा र सामाग्रीहरु किन्न खासै चासो देखाउदैन l किन कि माटोको भाडा सजिलै फुट्न पनि सक्छ l यसको बाबजुत पनि उनले आफ्नो पुर्खौली पेशालाई निरन्तरता दिदै आएका छन् l उनी आफु हुंजेल यो कुमाल जातिको संस्कृति पहिचान कायम राख्ने अडानमा छन् l

माटोको भाडाकुडा बनाउने पुर्खाको कला हो l आज यसलाई कसैले कदर गरेनन् l तर, माटोमा पकाएको खानाको स्वाद, माटोको घैटोको शीतल पानी र चाडपर्वमा बाल्ने माटोको दियोको महत्व कहिल्यै घट्ने छैन भन्ने उनको भनाई छ l बास्तवमा, दैनिकी जीवनमा स्वस्थ र स्वच्छ रहन माटोको सामग्री उपयोग गर्नु राम्रो मानिन्छ l

परम्परागत संस्कृति र संस्कारमा माटोका सामग्रीको उपयोगिता

नेपाली समाजमा माटोबाट बनेका सामग्रीको प्रयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । मानव जीवनको परम्परागत संस्कृति र संस्कार संग जोडिएको छ l माटाका सामग्रीहरुको प्रयोगले दैनिक जीवन स्वस्थ र स्वच्छ राख्न मदत पुर्याउछ l साथै, विभिन्न धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापहरूमा पनि महत्त्व बढ्दै गएको छ ।

• दैनिक जीवनमा: गाउँघरमा अझै पनि पानी राख्नका लागि घैँटो वा गाग्री, खाना पकाउनका लागि हाडी, दियो बाल्न, बाली भण्डारण गर्नका लागि कोठी, र अन्न पिस्नका लागि जाँतो जस्ता माटाका सामग्रीहरू प्रयोग गर्दै आएका छन् l यी सामग्रीहरूले प्राकृतिक चिसोपन कायम राख्ने र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने विश्वास गरिन्छ ।

• धार्मिक तथा सांस्कृतिक कार्यमा: चाडपर्व र पूजापाठहरूमा माटाका सामग्रीको प्रयोग गर्दै आएका छन् । बिशेष गरी दसैँमा जमरा राख्नका लागि माटाको भाँडो, तिहारमा दियो बाल्नका लागि पाला, विवाहमा कलशका रूपमा र विभिन्न अनुष्ठानहरूमा देवीदेवताका मूर्ति बनाउन माटाकै प्रयोग गर्ने प्रचलन छ । किनकि, माटाका सामग्रीहरूलाई शुद्ध र पवित्र मान्ने हाम्रो मान्यता छ ।

• कला र सजावटमा: कुमालेहरूले विभिन्न कलात्मक गमला, मूर्ति र सजावटका सामग्रीहरू पनि बनाउदै आएका छन् l जसले घरको सौन्दर्य बढाउनुका साथै सांस्कृतिक पहिचानलाई पनि झल्काउने कार्य गर्दछ ।

माटोका सामग्रीको महत्व

माटो जीवनको अभिन्न अंग हो l जसले खाना, पानी, र स्वस्थ वातावरण प्रदान गर्दछ l यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो l तसर्थ हाम्रो दैनिकी जीवनमा माटोका सामग्रीको महत्व बुझ्न जरुरी छ l

• स्वास्थ्य र वातावरणमैत्री: प्लास्टिक वा धातुका भाँडाको तुलनामा माटाका भाँडा स्वास्थ्यका लागि राम्रो मानिन्छन् । यी भाँडाले पानीलाई प्राकृतिक रूपमा चिसो राख्छन् र खनिज पदार्थहरूको मात्रालाई सन्तुलित गर्छन् । साथै, माटाका सामग्रीहरू पूर्ण रूपमा बायोडिग्रेडेबल हुने भएकाले वातावरण प्रदूषण गर्दैनन् ।

• सांस्कृतिक पहिचान: माटाका सामग्रीहरूले हाम्रो परम्परागत कला र शिल्पलाई जीवित राख्छन् । प्रत्येक माटाको वस्तुले शिल्पकारको परिश्रम, कला र परम्पराको कथा बोकेको हुन्छ ।

• आर्थिक महत्व: माटाका सामग्री बनाउने शिल्पले धेरै परिवारलाई रोजगारी दिएका छन् । यो स्थानीय अर्थव्यवस्थाको महत्वपूर्ण हिस्सा हो ।
• सहज उपलब्धता: माटो प्राकृतिक रूपमा सजिलै उपलब्ध हुने र सस्तो कच्चा पदार्थ हो l जसले गर्दा यसबाट बनेका सामग्रीहरू पनि तुलनात्मक रूपमा सस्तो हुन्छन् ।

भावी दिनमा माटोका सामग्रीको प्रभावकारी

आधुनिक युगमा प्लास्टिक र धातुका सामग्रीको व्यापक प्रयोगले माटाका सामग्रीको परम्परागत प्रयोगमा केही कमी आएको छ । तथापि, भावी दिनहरूमा यसको प्रयोग अझै पनि प्रभावकारी हुन सक्छ l
• पर्यावरणीय चेतना: विश्वव्यापी रूपमा पर्यावरणीय असर बढ्दै गएको छ l यसको प्रभाव मानिसको दैनिकी जीवनमा पनि पर्दै गएको छ l जसले गर्दा मानिसहरू वातावरणमैत्री उत्पादनहरूको खोजीमा लागी परेका छन् l जसले गर्दा माटाका सामग्रीहरू उत्कृष्ट विकल्पका रूपमा उदाउन सक्छन् ।
• स्वास्थ्य लाभ: स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूले माटाका भाँडामा खाना पकाउने र पानी पिउने अभ्यासलाई प्राथमिकता दिन थालेका छन् l जसले गर्दा यसको माग बढ्दै गएको छ ।
• डिजाइन र नवीनता: शिल्पकारहरूले आधुनिक डिजाइन र प्रविधिलाई परम्परागत सिल्पसँग जोडेर नयाँ र आकर्षक उत्पादनहरू बनाउदै आएका छन् l यसलाई बजार बिस्तार गर्न सकिन्छ l जस्तै आधुनिक किचेनका लागि मिल्ने डिजाइनका माटाका भाँडाहरू, सजावटका नयाँ सामग्रीहरू आदि ।
• पर्यटन र हस्तकलाको प्रवर्द्धन: नेपालको हस्तकलालाई पर्यटनसँग जोडेर माटाका सामग्रीको बजार प्रवर्द्धन गर्न सकिन्छ । पर्यटकहरूले हस्तकलाका सामग्रीलाई चासोका साथ किन्ने गर्छन् ।

अन्त्यमा, उनको सघर्ष, कला र अटल समर्पणबाट माटाका भाडाकुडामा नयाँ डिजाइन र चित्रकला अहिले पनि हर्न पाइएको छ l जसले गर्दा पुस्तौनी कला जीवित छ l उनले माटाका कामलाई जीवन धान्ने माध्यमका रुपमा लिएका छैन l उनी संस्कृतिक सम्पदाको संरक्षण एवम प्रवर्द्धन गर्न उत्सुक देखिन्छ l यसले भावी दिनहरूमा पनि माटाका सामग्रीको प्रयोग प्रभावकारी र महत्वपूर्ण रहने आशा र अपेक्षा गरेको पाइन्छ l

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]