झापाको दमकमा युवकको हत्या: प्रारम्भिक अनुसन्धानमा जग्गा विवादको आशंका

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, कार्तिक ०७, २०८१

विराटनगर /झापाको दमक नगरपालिका–९ का ३२ वर्षीय यामु निरौलाको हत्या भएको छ। झापा प्रहरीका अनुसार निरौलाको मंगलबार दिउँसो ४ बजेतिर कुटपिट गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दमक–३ स्थित मावा खोलाको पुल नजिकै घटनास्थल रहेको बताइएको छ।

झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार घटनाको सीसी क्यामेरा फुटेज प्राप्त भएको छ। फुटेजमा दुई व्यक्तिले निरौलालाई लात्ती र मुक्काले बारम्बार प्रहार गरिरहेको दृश्य देख्न सकिन्छ। प्रहरीले हालसम्म घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुलाएको छैन भने आरोपीहरू फरार रहेकोले खोजी कार्य जारी रहेको बताइएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार हत्या जग्गा विवादको कारण हुन सक्नेछ। घटनाको थप अनुसन्धान भइरहेको र दोषीहरूलाई चाँडै पक्राउ गर्ने प्रयास भइरहेको डीएसपी चन्दले जानकारी दिएकाछन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]