रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, कार्तिक ०७, २०८१

विराटनगर/ काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिका-३, केर्खामा मङ्गलबार साँझ एउटा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा कमल ३ का मनोज लिम्बूकी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका हजुरबुवा रहेका छन्। विशेष कुरा के हो भने, आज बालिका कृपाको जन्मदिन रहेको र जन्मदिन मनाउन हजुरबुवाले उनलाई लिएर बर्थडे केक र मासु लिन गएका थिए। केक र मासु लिएर फर्किंदै गर्दा उनीहरू सवार साइकललाई बसले ठक्कर दिँदा दुबै जनाको मृत्यु भएको हो। ठक्करपछिको दृश्य दर्दनाक थियो, बर्थडे केक र मासु सडकभरि छरिएका थिए भने इलेक्ट्रिक साइकल पूर्णरूपमा क्षतिग्रस्त भएको थियो।

यो दुर्घटनापछि आक्रोशित स्थानीयहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै ठक्कर दिने बसमा तोडफोड गरेका छन्। प्रहरी चौकी केर्खामा राखिएको बसलाई आगजनी गर्ने प्रयाससमेत भएको जनाइएको छ। आक्रोशित भिडले प्रहरी चौकीमा ढुंगामुढा समेत गरेको छ। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि अवस्था तनावग्रस्त रहेको छ।

अहिले स्थानीय र सुरक्षाकर्मीबीचको झडपका कारण क्षेत्रमा सुरक्षा अवस्था थप बलियो पारिएको छ भने राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]