महानगरद्वारा सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ०९, २०८१

विराटनगर / विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

महानगरले विराटनगर–१९ बाट रेबिजविरुद्धको खोप लगाउन सुरु गरेको हो । सडक तथा सामुदायिक कुकुरले मानिसलाई टोकेमा रेबिज रोग नसरोस् भन्ने उद्देश्यले महानगरका सबै वडामा खोप लगाउन सुरु गरिएको भेटनरी शाखाका अधिकृत हिरालाल यादवले जानकारी दिनुभयो । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको उपस्थितिमा पहिलो चरणमा विराटनगर–१९ का मिलन चोक, घिनाघाट, मुसरीटोललगायतका विभिन्न स्थानमा कुकुरलाई नियन्त्रणमा लिएर रेविजविरुद्धको खोप लगाइएको थियो । वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका घिमिरेले ब्यानर पढेर खोप अभियानको शुभारम्भ गर्नुभएको थियो ।

डगनेटमार्फत कुकुरलाई नियन्त्रणमा लिई प्राविधिकहरुले खोप लगाउने गरिएको यादवले बताउनुभयो । दैनिक ३० देखि ४० वटा सडक तथा सामुदायिक कुकुरलाई खोप लगाउने गरिएको छ । यादवका अनुसार १५ दिनसम्म सञ्चालन हुने खोप अभियानमा ६ सय कुकुरलाई खोप लगाउने लक्ष्य लिइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]