रामजानकी सेवा सदनको नयाँ कार्यसमिति चयन: विजय लखोटिया निर्विरोध अध्यक्षमा निर्वाचित

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ०९, २०८१

विराटनगर/ विराटनगर ठाकुरवाडी रोडस्थित रामजानकी सेवा सदनको नयाँ कार्यसमिति चयन भएको छ। समितिको अध्यक्ष पदमा विजय लखोटियालाई निर्विरोध निर्वाचित गरिएको छ।

लखोटियाको अध्यक्षतामा बनेको यस नयाँ कार्यसमितिमा गोपालप्रसाद गुप्ता र युगलकिशोर राठी उपाध्यक्ष चयन भएका छन्। महासचिवको जिम्मेवारी अशोककुमार सोमानीलाई दिइएको छ भने कोषाध्यक्षको पदमा तुलसी गोयल निर्वाचित भएका छन्। सचिवको जिम्मेवारी किशनलाल बोहरा र सुरेशकुमार अग्रवालले सम्हाल्ने छन्।

त्यस्तै, कार्यसमितिका सदस्यहरूमा प्रदिपकुमार अग्रवाल, सुरेन्द्रकुमार गोल्छा, हरिवंश राठी, रामअवतार अग्रवाल, दिलिपकुमार तोदी, निरञ्जन खेतान, सुरेशकुमार नौलखा, हेमन्तकुमार मारु, जगदीश डागा, साकेत राठी, र अरुण खेतान निर्वाचित भएका छन्।

रामजानकी सेवा सदनको यो कार्यसमिति दुई वर्षको कार्यकालका लागि चयन गरिएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]