मोरङको सुनवर्षीमा चारजना जुवाडे पक्राउ, तास र नगद बरामद

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ०९, २०८१

सुनवर्षी /मोरङ्गको सुनवर्षी नगरपालिका–९ भेडवाथानबाट चारजना जुवाडे पक्राउ परेका छन्। हिजो साँझ ६ बजे इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले विशेष सूचनाका आधारमा कहरसिंह राजवंशीको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले तास खेल्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिँदा तीन बुक तास र १ लाख ८२ हजार रूपैयाँ नगद समेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा ५३ वर्षीय कहरसिंह राजवंशी, ४७ वर्षीय सुरेशप्रसाद साह (सुनवर्षी –९), ३७ वर्षीय नित्यानन्द सुतिहार (वडा नं–६), र ४६ वर्षीय उमेश पोदार (रंगेली–७) रहेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]