अर्जुनधाराकी एक महिलाको रहस्यमय मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ०९, २०८१

विराटनगर/झापा जिल्लाको अर्जुनधारा–६, कप्तानबारीमा एक महिलाको सुतेकै ठाउँमा मृत्यु भएको घटना भएको छ। ५५ वर्षीया मीना दनुवार, जो स्थानीय घलेन्द्रनाथ बास्तोलाको घरमा घरायसी काम गर्थिन्, ओछ्यानमै मृत फेला परेकी हुन्।

प्रहरीले जनाएको अनुसार शुक्रबार बिहान अबेरसम्म कोठाको चुकुल नखोलिएपछि घरधनी बास्तोलाले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फुटाएर हेर्दा दनुवार मृत अवस्थामा फेला परेकी थिइन्। घटना रहस्यमय देखिएकाले प्रहरीले अनुसन्धान अघि बढाएकोछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]