

विराटनगर/ इलाका प्रहरी कार्यालय रंगेली, इलाका प्रहरी कार्यालय दोमहना र दोमहना संघर्षशील युवा क्लबको संयुक्त आयोजनामा श्री बाल ज्योति सेकेन्डरी इङ्गलिश स्कुल, रङ्गेली–९ दोमहना मा एक दिने लागू औषध दुर्व्यसन विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता संघर्षशील युवा क्लबका अध्यक्ष सुरज यादवले गर्नुभएको थियो भने प्रमुख अतिथिका रुपमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोष खड्का सहभागी हुनुभएको थियो। कार्यक्रममा रङ्गेली नगरपालिका वडा नं. ९ का अध्यक्ष चुडामणि रेग्मी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।
साथै बाल ज्योति विद्यालयका प्रधानाध्यापक जीवन खनाल र अन्य विभिन्न अतिथिहरूको उपस्थिति रहेको यस कार्यक्रमले समुदायमा लागू औषध दुर्व्यसन विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।