काजल र राजीवको प्रेम कहानीमा सजिएको मैथिली गीत ‘माने ना जिया’ रिलीज

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, कार्तिक १०, २०८१

विराटनगर/ त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। यस गीतमा सुमित मलिक र कृशला चौधरीको सुमधुर आवाज रहेको छ । गीतका बोल श्याम किशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्दहरू समेटेर गीतलाई जीवन्तता दिएका छन्। सुमित मलिकले नै गीतलाई कम्पोज अनि गरेका छन्, र सुयोग महतोको संगीत संयोजन रहेको छ।

काजल कर्ण र राजीव समरको जोडीलाइ भिडियोमा अन स्क्रिन रोमान्स, संघर्ष, प्रेमलाइ देखाइएको छ। मन्दिरको पेटीमा बसेर फुल पाथी बेचनेको चरित्रमा देखिएकि काजल संग चेक सर्ट माथि गम्छा भिरेका राजीव समरको प्रेमको कथा भिडियोमा देखाइएको छ ।

राजीव अहिले नेपाली म्युजिक भिडियोको डिमाण्डमा रहेका कोरियोग्राफर हुन्, अहिले सार्वजनिक हुने अधिकांस म्युजिक भिडियोमा उनलेनै मोडेल, हिरो हिरोइनलाइ नचाउने गरेका छन् । समरले ठुलो क्यानभासको सिनेमामा समेत कोरियोग्राफि गरेका छन् भने, केहि म्युजिक भिडियोहरु निर्देशन गरेका छन । रियालिटी शो डान्सिङ विथ स्टारमा समेत उनले कोरियोग्राफि गरिसकेका छन । समरले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो ।
त्यस्तै काजल पनि मोफोसलमा रहेर दुइ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

उक्त ‘माने ना जिया’ नामक मैथिली गीतको भिडियोमा सागर यादवको सिनेमाटोग्राफी , सुप्रिम पराजुलीको सम्पादन र कलर संयोजन रहेको छ ।

गीतको निर्माता काजल कर्ण हुन् भने राहुल कर्ण सह-निर्माताको रुपमा छन्। निर्देशन र कोरियोग्राफी राजीव समरको रहेको यस म्युजिक भिडियोले मैथिली संगीतमा एउटा नयाँ आयाम थप्ने प्रयास गरेको छ।

भिडियो लिंक;-

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]