डेनिला कार्की मिसेस नेपाल वर्ल्ड २०२४

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक ११, २०८१

विराटनगर/ मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन्। शनिबार राति काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न ग्राण्ड फिनालेमा विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगितामा उनलाई विजेता घोषित गरिएको हो।

प्रतियोगितामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप, र अनु कार्की थर्ड रनरअप घोषित भए। विजेता कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री बसुन्धरा भुषालले पुरस्कार प्रदान गरे। कार्कीले अब अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन्।

त्यस्तै, मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले र एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जिते। यी दुवै विजेताले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाउनेछन्।

यस प्रतियोगिताको आयोजना रिबन इन्टरटेनमेन्टले गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]