विराटनगरमा नेपाल प्रहरीका जवान मृत अवस्थामा फेला

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक ११, २०८१

विराटनगर/ विराटनगर महानगरपालिका–१ शान्ति चोकस्थित डेरामा बस्दै आएका नेपाल प्रहरीका एक जवान मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत ३१ वर्षीय योगेन्द्रकुमार कार्की झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। घटनास्थलमा पुगेको प्रहरीले पंखाको हुकमा नाइलनको डोरीले पासो लगाएको देखिएको जानकारी दिएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार संखुवासभाको मादी नगरपालिका–१ घर भई मोरङमा कार्यरत कार्कीलाई राति करिब सवा ८ बजेतिर झुन्डिएको अवस्थामा फेला पारिएको थियो। कार्कीकी श्रीमती इन्दु थापा पनि जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत छिन्।

श्रीमती थापा जब ड्युटी सकेर कोठामा फर्किइन्, उनले भित्र बच्चा रोइरहेको र ढोका बन्द रहेको देखेर तुरुन्तै कार्यालयमा जानकारी गराएकी थिइन्। घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरी टोली खटाइएको छ र घटनाका सबै पक्षमा गहिरो छानबिन भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]