पूर्ण बहादुरको सारङ्गी’ को प्रचारमा प्रकाश सपुतको सहभागिता, सिनेमाले दर्शक बीच थप चर्चा पाउने अपेक्षा

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक ११, २०८१

विराटनगर /कार्तिक १५ देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ को प्रचार-प्रसारमा गायक तथा अभिनेता प्रकाश सपुतको सक्रिय सहभागिता देखिएको छ। हालै सार्वजनिक भएको विशेष भिडियोमा सपुतसहित सिनेमाका प्रमुख कलाकारहरू अञ्जना बराइली, विजय बराल, र मुकुन भुसालले देउसी भैलो गीत गाएर दर्शकलाई सिनेमा हेर्न निमन्त्रणा गरेका छन्।

सपुतले यसअघि सिनेमाको प्रचारप्रति बेवास्ता गरेको भन्दै आलोचना खेप्दै आएका थिए। ‘पूर्ण बहादुरको सारङ्गी’ ले सपुतको ब्यानरमा निर्माणाधीन फिल्म ‘वसन्त’ भन्दा पहिले रिलिज हुने भएपछि उनले निर्मातालाई ‘बेइमानीको ट्याग’ समेत लगाएका थिए। तर, अहिले आएर सपुतले सामाजिक सञ्जालमार्फत सिनेमाको ट्रेलर, ‘रैया चादीको’ दोहोरी ब्याटल, र ‘काधेकुरी’ बोलको गीत सेयर गर्दै प्रचारमा जुटेका छन्।

निर्माता बिनोद पौडेलले सपुतको असन्तुष्टि र ‘बेइमानीको’ आरोपको विषयमा स्पष्ट पार्दै त्यो कुनै ठूलो विवाद नभएको र सामान्य असमझदारी मात्र रहेको बताएका छन्। सपुतको तर्फबाट भएको सक्रियताले सिनेमा दर्शकहरूमाझ थप उत्साह ल्याउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]