शुभकामना आदानप्रदान कार्यक्रममा राजनितिक संकट र आर्थिक संकट बारे के भन्ने : यादव

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित सोमबार, कार्तिक १२, २०८१

विराटनगर / कोशी प्रदेशकै धनाडय व्यापारी र सरकारका विभिन्न निकाय बिच्च नेपालको अर्थतन्त्र र राजनितिक अवस्थामा अकल्पनीय दुर्घटना जतिबेला हुन सक्ने मन्त्वय दिदै मन्त्री र व्यापारीहरुले गुनासो गरेको छन् । व्यापारको अवस्था नाजुक हुदै गएको प्राय सबै व्यापारीले उत्त नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले आइतबार ३ बजे दिउँसो कार्यालयमा शुभ–दीपावली, छठ पुजा र नेपाल सम्वत् ११४५ को अवसर पारेर शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा सो विषय वस्तु्मा चर्चा भएको हो ।

जनता समाजवादि पार्टि नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव सो कार्यक्रममा बोल्दै देशमा चौतर्फी सरकार विरुद्घ विभिन्न विषय वस्तुमा केन्द्रीत गरी सरकार जहिल्यै पनि अकल्पनीय दुर्घटना हुनसक्ने बताएका थिए । हाल देशको अर्थ व्यवस्था र राजनितिक विस्वासको संकट, राजनितिक आस्थाको संकट जस्ता विषयले देशको अर्थ व्यवस्था र राजनितिक उताब चढावका कारणले देश जतिबेला पनी संकटमा जाने यादवले बताए ।देश र जनताको अधिकारका विषयमा चर्चा, देशको आर्थिक संकट र देशको व्यापार समबन्धि सो कार्यक्रममा कोशी प्रदेशका गन्य मान्य व्यापारी र सरकारका निकायका विभिन्न पदअधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्ट, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाल,मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका प्रमुख संरक्षक महेश जाजु, विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, कार्यक्रममा अतिथिको रुपमा सहभागि थिए ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्टदेखि कार्यक्रममा सहभागि विशिष्ट अतिथि र अतिथिहरूलाई स्वागत गरेका थिए ।

नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्ति माझी, नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्की, नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य महेश रेग्मी, जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य, विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख भुपालराज शाक्य, मोरङ प्रहरी प्रमुख नारायणप्रसाद चिमरिया, भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सचिव प्रविण जोशी सहित उद्योगी, व्यवसायी, सुरक्षाकर्मी, ट्रेड युनियनका पदाधिकारी, कोशी प्रदेशका विभिन्न मिडियाका सञ्चारकर्मीहरुको पनि बाक्लो सहभागि रहेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]