विराटनगरमा अपाङ्गता भएका व्यक्तिमाथि कुटपिट गर्ने अभियुक्त पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक १२, २०८१

विराटनगर /विराटनगरमा एक अपाङ्गता भएका व्यक्तिलाई कुटपिट गरी दुबै हात भाँची दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति विराटनगर महानगरपालिका वडा नं. ११ का २४ वर्षीय राजकुमार सहनी हुन्, जसलाई “बब” भनेर पनि चिनिन्छ।

प्रहरीका अनुसार, अपाङ्गता भएका कैलाश कुमार गुरुङलाई गोल्डेन अस्पताल नजिकै कुटपिट गरिएको थियो। बोल्न र सुन्न नसक्ने गुरुङ सानैदेखि नै बेवारिसे अवस्थामा बस्दै आएका थिए। घटनामा गुरुङको साथमा रहेको मोबाइल र अन्य सामान लुटपाट गर्ने क्रममा सहनीले दुबै हात भाँचिदिएको र टाउकोमा गम्भीर चोट पुर्याएको प्रहरीले बताएको छ।

डिएसपी वेद प्रकाश जोशीका अनुसार, सीसीटीभी फुटेज र अन्य प्रमाणको आधारमा सहनीलाई गएराति बसपार्कबाट पक्राउ गरिएको छ। कात्तिक ४ गते भएको यो घटनापछि पीडित गुरुङलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो।

घटनाको अनुसन्धान जारी रहेको छ, र सहनीमाथि कडा कारबाहीको तयारी भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]