सुनसरीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो सफलता: २८ किलो गाँजा बरामद

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, कार्तिक १३, २०८१

विराटनगर /सुनसरी जिल्लाको नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा अवैध गाँजा बरामद गरेको छ। सुनसरी जिल्लाको देवानगञ्ज–३ बाट सशस्त्र प्रहरीको टोलीले २८ किलो प्याकिङ गरिएका गाँजाको बन्डल फेला पारेको हो।

सशस्त्र प्रहरी बलका प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्जका सशस्त्र प्रहरी नायब उपरीक्षक बिरेन्द्र खनालको नेतृत्वमा खटिएको टोलीले बेवारिस अवस्थामा गाँजा बरामद गरेको छ। उक्त गाँजा देवानगञ्ज नाकाबाट भारततर्फ लैजाने तयारीमा रहेको अवस्थामा बरामद गरिएको हो।

बरामद गरिएको गाँजा आवश्यक कानूनी कारबाहीको लागि नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरी नम्बर ४ गण हेड क्वाटर, सुनसरीले जनाएको छ। यो सफलताले नेपाल–भारत सीमा क्षेत्रमा लागुऔषध नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता र सफलता पुनः पुष्टि गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]