शुभ दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्

Logo
ग्रामीण सहकर्मी / कटहरी प्रकाशित मंगलबार, कार्तिक १३, २०८१

सम्पादकीय नोट ः विगत केहि वर्ष देखि राजवंशी जातिमा अहिले दुई समिति विच्च विवाद भइरहदा पनि सम्बन्ध सुमधुर बनाउन प्रयास गर्नुपर्ने देखिन्छन् ।कटहरी / राजवंशी समाज विकास समिती जील्ला समितिको आयोजनामा आउँदै गरेको शुभ दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन् भएको हो । राजवंशी समाजका अगुवा तथा राजवंशी समाजका पदधिकारीहरुको सामुहिक भेटघाट गर्नेगरि कटहरी गाउँपालिका वडा नम्बर १ को कृषि थोक बजारमा सो सो शुभकामना आदानप्रदान कार्यक्रम गरीएको हो । राजवंशी समाज विकास समिति जील्ला अध्यक्ष रमेश राजवंशीले शुभकामना मन्त्व दिदै राजवंशी समाजका झापा, मोरङ्ग र सुनसरी जील्लाका आदिवासी समुदायले प्रत्येक वर्ष तिहार अथवा गौरावासी पर्व मनाउने गरेको बताए ।

राजवंशी जातिको कला, संस्कृति र परम्परागत संस्कार जगेर्ना गर्नुपर्छ बताउँदै सुकरात पर्वको शुभकामना दिदै राजवंशी जातिले अव यो भन्दा माथि उठेर समाज बनाउनुपर्छ भनी बताएका छन् ।

राजवंशी जातिको एक महत्वपूर्ण पर्व र आगामी दिनमा अझै प्रभावकारी रुपले समाज विकासमा अगाढि बढ्नुपर्ने कोशी प्रदेश पुर्व सांसद बिध्यानन्द चौधरी राजवंशीले बताए ।

राजवंशी गायीका पिङ्ककी राजवंशी लगायत विभिन्न जातिका साना बालबालिकाहरुले आ—आफनो नृत्य प्रस्तुती देखाइएका थिए ।

झापा, मोरङ्ग र सुनसरी जील्लाका राजवंशी समुदाय लगायत अन्य जातिय समुदायको पनि बाक्लो उपस्थिति रहेको यस शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपले आज सम्पन भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]