तिहारको रौनक रंगोलीले बढाउँदै, परम्परालाई जीवन्त राख्दै सप्तरीकी तिल्की यादव

Logo
सरिता कर्मकार प्रकाशित मंगलबार, कार्तिक १३, २०८१

विराटनगर /तिहारको समयमा घर-आँगनलाई सुन्दर बनाउँदै हर्षोल्लासका साथ बनाइने रंगीचंगी रंगोलीले यो पर्वको रौनक झल्काउँछ। आँगनको बीचमा र दैलोमा फूल, विभिन्न रङले बनाइने रंगोलीले तातो-तातो सेल रोटी, झिलिमिली बत्ती, दीपको उज्यालो र देउसी-भैलोको आवाजसँगै तिहारलाई विशेष बनाउँछ। सप्तरीकी ५० वर्षीया तिल्की यादवले करिब ३० वर्षदेखि तिहारको बेला रंगोली बनाउँदै परम्परालाई निरन्तरता दिँदै आएकी छन्। उनले नियमपूर्वक रंगोली बनाउनाले पर्वको विशेषता झल्काउने बताइन्।

धर्मशास्त्र अनुसार, रंगोली बनाउने परम्परा भगवान् श्रीरामले चौध वर्ष वनवास सकेर अयोध्या फर्किंदा खुसीमा दीप प्रज्वलित गरी अयोध्या सजाइएको समयदेखि सुरु भएको विश्वास गरिन्छ। त्यस दिनदेखि दीपावलीको अवसरमा रंगोली बनाउने चलन चल्दै आएको हो। दीपावलीको दिन बनाइने रंगोली सुख, समृद्धि, र खुसीको प्रतीक मानिन्छ।

परम्परागत रंगोली र यसको महत्व

रंगोली बनाउँदा परम्परागत रूपमा सुन्दर र आकर्षक बनाइनु पर्छ। शास्त्र अनुसार, रंगोलीमा विशेषगरी कमलको फूलको चित्र मुख्य द्वारमा बनाइन्छ। यसले सकारात्मक ऊर्जा उत्पन्न गरी घरका सदस्यको मानसिकता सामान्य बनाउने विश्वास छ। कमलको चित्रको माध्यमबाट माता लक्ष्मीलाई प्रसन्न पारेर घरमा वास गराउन सकिने मान्यता रहेको छ।

रंगोलीको रंग कसरी तयार गर्ने तरिका

रंगोली बनाउँदा विभिन्न रंगहरूलाई छुट्टाछुट्टै थालमा राखिन्छ। रंग बनाउन चामल, पिठो, बेसार, र भुसजस्ता सामग्री मिसाइन्छ। साँझको बेला आँगनको बीचमा ठूला आकारमा मयुरको आकृति र मुख्य द्वारमा कमलको फूलको चित्रण गरिन्छ। रातो, हरियो, पहेँलो, र गुलाबी रंगलाई शुभ र उत्तम मानिन्छ भने कालो रंगलाई अशुभ मानिएकाले रंगोली बनाउँदा यसको प्रयोग गरिँदैन।

तिहारको यस पर्वमा रंगोलीले घर-आँगनको रौनक थप्दै तिल्की यादवजस्ता व्यक्तिले परम्परालाई जीवन्त राख्न निरन्तर योगदान दिँदै आएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]