तिहारको तेस्रो दिन लक्ष्मीपूजा, बिहान कुकुर पूजा

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, कार्तिक १५, २०८१

विराटनगर/ तिहारको तेस्रो दिन बिहीबार लक्ष्मीपूजा गरिँदै छ। बिहान कुकुरको पूजा गरी साँझमा लक्ष्मीको स्वागत गर्ने नेपाली परम्परा रहेको छ। यो दिन घरमा सफासुग्घर र लिपपोत गरेर मात्र लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ।

बिहानै घर सफा गरी, झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, र भर््याङलगायत स्थानमा सरसफाइपछि साँझ दीपावली गर्दै लक्ष्मीलाई आमन्त्रण गरिन्छ। यो पर्वलाई दीपमालिका पनि भनिन्छ।

आजको दिन, कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ र यो वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये एक हो। साँझ आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गोबर र रातोमाटोले बाटो बनाएर लक्ष्मीको पाइला चिनाइन्छ। पाइलापिच्छे केराको सुत्लो वा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ, भने हाल मैनबत्तिको प्रयोग पनि बढेको छ।

धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार, दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा हो। पूजा कोठामा दीयो, कलश, गणेशसहित लक्ष्मी र कुबेर स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमालासहित लक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने चलन छ। यो दिन धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जाने धार्मिक विश्वास रहिआएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]