अर्जुनधारामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, कार्तिक १७, २०८१

विराटनगर/झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित शनिश्चरे–बिर्तामोड सडकखण्डमा आज दिउँसो ४ बजेतिर भएको एक मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ। शनिश्चरेबाट बिर्तामोडतर्फ तीव्र गतिमा आउँदै गरेको बा ४९ प २१५९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बाँया साइडमा रहेको रुखमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी मोटरसाइकल चालक ताप्लेजुङको श्रीजंघा गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीय सन्तोष लिम्बूको गम्भीर चोटका कारण मृत्यु भएको छ। टाउको र छातीमा चोट लागेका लिम्बूलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे।
मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २३ वर्षीय श्रीप्रसाद लिम्बू घाइते भएका छन्, र उनको उपचार बीएण्डसी अस्पतालमा भइरहेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टका अनुसार दुर्घटना भएका मोटरसाइकललाई प्रहरी चौकी शनिश्चरेमा राखिएको छ। प्रारम्भिक जानकारी अनुसार चालकले मादक पदार्थ सेवन गरेको आशंका गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]