झापाको मेचीनगरबाट लागूऔषधसहित एक व्यक्ति पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक १८, २०८१

विराटनगर /जिल्ला प्रहरी कार्यालय झापाले शनिबार साझँ लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। मेचीनगर नगरपालिका वडा नं. ६, पुरानो मेची पुल क्षेत्रमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट पैदल नेपालतर्फ आइरहेका कनकाई नगरपालिका-६, झापाका ३४ वर्षीय बिक्रम हस्दालाई शंका लागि तलासी गर्दा लागूऔषध फेला परेको हो।

प्रहरीका अनुसार हस्दाको मलद्धारमा प्लास्टिकमा प्याक गरिएको ६ ग्राम ७४० मिलिग्राम (प्लास्टिक बाहेक ५ ग्राम ६०० मिलिग्राम) खैरो हेरोइन जस्तो देखिने लागूऔषध भेटिएको थियो। हस्दालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको डिएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

पक्राउ परेका हस्दामाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएकोछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]