थाइल्याण्डमा हुन लागेको मिस हेरिटेज २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै : राजवंशी

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित सोमबार, कार्तिक १९, २०८१

झापा / झापा जील्लाको बाह्रदशी गाउँपालिकाको वडा नम्बर ६ की मनिषा राजवंशी सुपरस्टार मोडल सिजन ४ को ४० प्रतिनिधि मध्य ६ फाइनलिस्टमा पुगेर आयोजकको छनोट पुरस्कार जितेर उनले मिस हेरिटेज पिट २०२४ को छनोटमा परेकी छिन् ।

यहि आउँदो कार्तिक २३ गते थाइल्याण्डमा हुनलागेको मिस हेरिटेज २०२४ मा भाग लिन जादैछिन् । उनि सो कार्यक्रममा नेपाल र राजवंशी जातिको पोशाक तथा कला संस्कृतिको प्रस्तुती गर्ने छिन् ।

उनि २०१८ मा मिस मनीषा मा दोस्रो रनर अप भएकी थिन् भन्ने २०१९ मा मिस ग्रेस काठमाडौँ (दोस्रो रनर अप) र २०२१ मा मिस डिभा वर्ल्ड वाइड नेपालको विजेता र अन्तर्राष्ट्रिय स्तरमा हाम्रो देश नेपाल र राजबंशी समुदायको प्रतिनिधित्व गरेकी छीन् ।

उनले अन्य देशहरू बीचमा विक्वीन इन्टरनेशनलमा पहिलो रनर अपको स्थान प्राप्त गरिन्, सुपरस्टार मोडल सिजन ४ को शीर्ष ६ फाइनलिस्टमा पुगेर आयोजकको छनोट पुरस्कार जितेर उनले मिस हेरिटेज पिट २०२४ मा हाम्रो देश नेपाल र हाम्रो राजवंशी समुदायको हाल अहिले प्रतिनिधित्व गर्दैछिन् ।

बाह्रदशी गाउँपालिका वडा नम्बर ६ का बाबा ललितमान राजवंशी र आमा उर्मिला राजवंशी की छोरी हुन् । र यो हाम्रो देश नेपालको गर्वको कुरा पनि हो । उनी अन्तर्राष्ट्रिय स्तरमा हाम्रो संस्कृतिको प्रतिनिधित्व गर्ने पहिलो राजबंशी छोरी हुन् । उनले अन्य देशहरूसँग प्रतिस्पर्धा गर्नको लागि आफ्नो सर्वश्रेष्ठ प्रयास हालको समयमा गरिरहेकी छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]