झापामा बालकलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, कार्तिक २०, २०८१

विराटनगर / मोटरसाइकलको ठक्करबाट घाइते बालकको मृत्यु भएपछि फरार भएका झापा, कन्काई नगरपालिका–५, मुस्लिम टोलका २३ वर्षीय अजत मियालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टका अनुसार मियालाई सोमबार राति ११ बजे बाह्रदशीको चकचकीबाट नियन्त्रणमा लिइएको हो।

सोमबार बिहान ११ बजेतिर कन्काई–५ चप्रामारीको भित्री कच्ची सडकखण्डमा मियाले चलाएको मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेलिरहेका सोही ठाउँका विनोद पाठकका ७ वर्षीय छोरा सोहनलाई ठक्कर दिएको थियो। बालक गम्भीर घाइते भएपछि उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे।

दुर्घटनापछि मिया फरार भएका थिए भने मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको डिएसपी विष्टले जनाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]