काली मन्दिरभित्र एकजना व्यक्ति मृत फेला

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित मंगलबार, कार्तिक २०, २०८१

झापा / झापा गाउँपालिका वडा नं २ स्थित काली मन्दिरभित्र एकजना व्यक्ति मृत फेला परेका छन् ।झापा बजार उत्तर चिया बगानको काली मन्दिरभित्र अन्दाजी ५३ वर्षका जंगबहादुर राजवंशी मृत फेला परेका हुन् ।

चिया बगानमा काम गर्ने चौकीदार विनोद मण्डलले विहान पूजा गर्न काली मन्दिरमा आउँदा राजवंशीलाई मृत फेला पारेका थिए । त्यसपछि उनले इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी गराएका थिए ।

वडा नं २ का वडा अध्यक्ष हिमालकुमार चम्लागाईले मृत फेला परेका राजवंशीको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनले गाउँघरमा मागेर आफ्नो गुजारा गर्दै आएका थिए ।

वडा अध्यक्ष चम्लागाईका अनुसार मृतकको झापा गाउँपालिका वडा नं २ बालुवाटारमा १ कठ्ठा जग्गा रहेको छ ।स्थायी ठेगाना बाह्रदशी गाउँपालिका वडा नं २ रहेका राजवंशीको श्रीमती,३ तीन छोरा र दुईजना छोरी रहेको आफन्तले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]