राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गिरफ्तारीविरुद्ध प्रदर्शन, आठ जना समर्थक पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, कार्तिक २०, २०८१

विराटनगर/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गिरफ्तारीको विरोधमा पोखरामा प्रदर्शनमा उत्रिएका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो लामिछानेको समर्थनमा विरोध प्रदर्शन गर्न निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले निषेधित क्षेत्र उल्लङ्घन गर्न थालेपछि प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास समेत प्रहार गरेको थियो। पक्राउ गरिएका कार्यकर्ताहरूलाई वडा प्रहरी कार्यालय, बैदाममा राखिएको छ।

लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा कात्तिक २ गते गिरफ्तार गरिएको थियो। अनुसन्धानका लागि कास्की जिल्ला अदालतले कात्तिक ८ गते उनलाई दोस्रोपटक ७ दिन हिरासतमा राख्न म्याद थप गरेको थियो। यस म्याद कात्तिक १४ गते सकिएपछि पनि तिहार बिदाका कारण लामिछाने हिरासतमा नै रहेका छन्।

प्रहरीका अनुसार बुटवलको सुप्रिम सहकारी ठगी सम्बन्धी पूरक जाहेरीका आधारमा लामिछानेलाई बुटवल लैजाने तयारी भइरहेको छ।

रास्वपाका कार्यकर्ताहरू लामिछानेको गिरफ्तारीको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएका छन्, जसका कारण पोखरा लगायत विभिन्न क्षेत्रमा अशान्ति सिर्जनाभएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]