मेयर कोइरालाद्वारा टेलिस्कोपमार्फत सूर्यको अवलोकन  

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, कार्तिक २१, २०८१

विराटनगर / विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले विभिन्न स्थानबाट टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको छ ।

विद्यार्थीलाई विज्ञान र प्रविधिका साथै खगोल तथा अन्तरीक्ष विज्ञानमा चासो बढाउने उद्देश्यले समितिले टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको हो । महानगर परिसरमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले समेत टेलिस्कोपमार्फत सूर्यको अवलोकन गर्नुभएको थियो ।

महानगरपालिका परिसर, पुष्पलालचोक, नहर चोक, जामा मस्जिद रानी, ट्राफिक चोक, बालउद्यान पार्कलगायतका स्थानमा अवलोकनको व्यवस्था मिलाएको समितिका अध्यक्ष प्रविण विश्वासले जानकारी दिनुभयो । चक्कामा खगोल विज्ञान नाम दिएको उक्त कार्यक्रमपछि समितिको समेत प्रचार हुने र विद्यार्थीहरुमा खगोल विज्ञानप्रति रुचि बढ्ने अध्यक्ष विश्वासले बताउनुभयो

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]