झापामा पाँच दिनमा ३१ सवारी दुर्घटना, चार जनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, कार्तिक २१, २०८१

विराटनगर /कात्तिक १५ गते लक्ष्मी पूजाको दिनदेखि सोमबारसम्मको पाँच दिनको अवधिमा झापामा सवारी दुर्घटनाबाट चार जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार, यस अवधिमा ३१ वटा सवारी दुर्घटना भएका थिए। तिहार पर्वको समयमा धेरैजसो दुर्घटनामा मोटरसाइकलको संलग्नता देखिएको छ।

सोमबार बिहान बालकको मृत्यु

सोमबार बिहान करिब ११ बजेको समयमा कन्काई–५, चप्रामारीमा मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेलिरहेका ७ वर्षीय बालक सोहन पाठकलाई ठक्कर दिएको थियो। गम्भीर घाइते बालकलाई तत्कालै बिर्तासिटी अस्पताल पुर्याइए पनि, अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

साइकलयात्री गणेश खड्काको मृत्यु

त्यस्तै, कात्तिक १६ गते साँझ ६:१० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ स्थित कृष्ण मन्दिरनजिक काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको बसले ६१ वर्षीय साइकलयात्री गणेश खड्कालाई ठक्कर दिएको थियो। गम्भीर घाइते खड्काको बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिए पनि सोमबार बिहान मृत्यु भएको थियो।

मोटरसाइकल ठक्करबाट घाइते बालकको निधन

त्यस्तै, सोही दिन साँझ ६:३० बजे झापा गाउँपालिका वडा नम्बर ६ स्थित भित्री सडकखण्डमा पैदलयात्री ४० वर्षीय कमनसिंह लिङ्खा र उनका ७ वर्षीय छोरा अस्मिन लिङ्खालाई मोटरसाइकलले ठक्कर दिएको थियो। दुबै जना घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेकामा अस्मिनको सोमबार बिहान निधन भएको थियो।

मोटरसाइकल दुर्घटनामा युवकको ज्यान

कात्तिक १६ गते अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित शनिश्चरे–बिर्तामोड सडकखण्डमा, तीव्र गतिमा बिर्तामोडतर्फ आइरहेको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा २६ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको थियो।

तिहार अवधिमा ट्राफिक प्रहरीले ६६४ वटा सवारीसाधनमाथि कारवाही गर्दै ३ लाख ९९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]