दुहबीमा छठ पर्वको त्यारी पूरा भोलि अस्ताउदौ सुर्यदेब लाई अर्घ दिने

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित बुधबार, कार्तिक २१, २०८१

दुहबी /तिहार सकिएसँगै छठ पर्वको रौनक शुरु भएको छ । विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिईन्छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् ।

छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले दुहबी ,इटहरी ,ईनरुवा ,बिराटनगर सहित सम्पूर्ण तराई–मधेशका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।
तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् ।
सुनसरीको दुहवीमा छठ पर्वको लागी घाटको तयारी अन्तिम चरणमा पुगेको छठ पूजा समितिका सचिव ऋषि कुमार शाहले जानकारी गराएका छन् ।

समितिले आज पत्रकार सम्मेलन मार्फत सुनसरी मोरङको सिमाना जोड्ने बुढीखोलामा करिब १.५ कि.मि. क्षेत्रफलमा ५ सय ओटा पूजा स्टल निर्माण गरीएको सचिव शाहले जानकारी गराए ।

दुहवीमा हरेक वर्ष झै यस पर्ष पनि हजारौंको सँख्यामा भत्तजनहरुको उपस्थिती रहने अनुमान गरीएकोले छठ पूजाका लागी घाटमा आउने भत्तजनहरुका लागी शान्त्ति सुरक्षा सँगै एम्बुलेन्स सहितको स्वास्थ्य सेवा प्रदान गरीने समितीका अध्यक्ष अरुण कुमार हलुवाईले बताए ।

त्यसैगरी गरीब तथा विपन्न वर्गहरुलाई निःशुल्क स्टल प्रदान सँगै सम्पुर्ण स्टलहरुको रात्रि सुरक्षा कर्मीको समेत व्यवस्था गरीएको छ । जस्मा रात्री कालिन भत्तजनसँगै सुरक्षाकर्मीहरुको लागी भोजनालयको व्यवस्था हुने अध्यक्ष हलुवाईले बताए ।

लोक आस्थाअनुरुप सुस्वास्थ्य, समृद्धि, सन्तान सुख तथा सामाजिक विभेदको अन्त्यलगायतको विविध थरिका कामना गर्दै छठ पूजा गरिने सँगै पूजा समितीले अर्ग दिने दिन सम्पुर्णमा प्रसादी वितरण सँगै २४ घण्टै खाने पानी वितरण समेत गरीने सचिव शाहले जानकारी गराए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]