ताप्लेजुङबाट झापा आउँदै गरेको ट्रक दुर्घटना, एकजनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक २३, २०८१

विराटनगर/ ताप्लेजुङबाट झापा जाँदै गरेको ट्रक पाँचथरको फिदिम-ताप्लेजुङ सडकखण्डअन्तर्गत भारपामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ना ४ ख ७१२३ नम्बरको ट्रक दुर्घटना हुँदा हिलिहाङ–३ साम्रेका ५७ वर्षीय भवानीशंकर पौडेलको घटनास्थलमै निधन भएको हो। पौडेल गोपेटारबाट लिफ्ट मागेर फिदिमतर्फ जाँदै थिए।

दुर्घटनामा ट्रक चालक इलाम सूर्योदय नगरपालिका–१२ निवासी ५२ वर्षीय तेजबहादुर दास र ट्रक मालिक झापा बिर्तामोड १ चारपानेका ४० वर्षीय राजकुमार बस्नेत घाइते भएका छन्। उनीहरुको शरीरमा विभिन्न स्थानमा गम्भीर चोट लागेको र जटिल अवस्थामा रहेकोले उपचारका लागि पाँचथर अस्पतालबाट बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बेनिलाल साहका अनुसार ट्रक हिलिहाङ–१ सिंहापुरबाट झापाका लागि गोलिया बोकेर जाँदै गरेको थियो। ब्रेक फेल भई ट्रक करिब ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीद्वारा जानकारी प्राप्त भएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]