उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक २३, २०८१

विराटनगर/देशभर चार दिनसम्म धूमधामका साथ मनाइएको छठपर्व आज उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सम्पन्न भएको छ। पारिवारिक सुख, शान्ति, समृद्धि, रोगमुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने कामनासहित श्रद्धापूर्वक मनाइने यो पर्वका लागि पोखरी, नदी, तलाउजस्ता जलाशयहरूमा भक्तजनको भीड लागेको थियो।

छठपर्वको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै सूर्योपासनाको प्रारम्भ गरिएको थियो। दोस्रो दिन बुधबार ‘खर्ना’ मनाइएको थियो, जसमा व्रतालुले दिनभर निराहार उपवास बसेर राति षष्ठी देवीको आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र बिना नुनको खाना ग्रहण गरेका थिए।

छठको तेस्रो दिन बिहीबार साँझ व्रतालुले गहुँ र चामल पिसेर ठकुवा, भुसवा, खजुरिया, पेरुकिया जस्ता पकवान बनाएका थिए। विभिन्न फलफूल, मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा लगायत सामग्रीहरू नाङ्लो र ढाकीमा सजाएर परिवारका सदस्यहरू भक्ति एवं लोकगीत गाउँदै छठघाट पुगेका थिए।

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सूर्योपासनाको यो विशेष पर्व विधिवत रूपमा सम्पन्न भएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]