

विराटनगर / मोरङ्गको उदीयमान कलाकार अनुराधा राजवंशीले स्टेजमा आफ्नो प्रस्तुति देखाउदा दर्शकहरुले अतित्यधिक मनपराएका छन् । विगत पाँच वर्ष देखि अनुराधाले गाना गाउँने र विभिन्न भक्तीगान, गजलहरु गाउँदै आएकी राजवंशी अनुराधाले उत्त स्टेज कार्यक्रममा भविय प्रस्तुति दाखाइएकी छिन् ।
उनी मोरङ्ग जील्ला जहदा गाउँपालिका वडा नम्बर ३ स्थीत बुबा अक्ष्यलाल राजवंशी र आमा रुपा देवी राजवंशीकी छोरी हुन् । आफ्नो कलालाई निखार्दै उनी २२ वर्षिकी भइन् । भक्तीगाना र म्ुयूजिक गानाहरु गाउने गरेकि हुन ।
नेपाल मधेसी समाज सेवा समितिले अस्ति साँझ बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा आयोजना गरेको छठ पूजा समारोह तथा सांस्कृतिक कार्यक्रममा उनको प्रस्तुतीलाई धेरै दर्शकले रुचाएका थिए । उनी लाइभ स्टेज शोमा खासगरी भजन र गजल गाउने गर्छिन् । आफूहरुले विराटनगरबाट मगाएको कलाकार अनुराधाको प्रस्तुती राम्रो रहेको नेपाल मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए ।
मोरङ जहदा– ३ की २२ वर्षीया अनुराधालाई स्टेज भजन , पार्टी प्रोग्रामका लागि आयोजकहरुले बढी बोलाउँछन् । भारतको फार्विसगञ्जदेखि लिएर नेपालको सिरहा, सप्तरीसम्म गएर आफूले प्रस्तुती देखाएको उनले बताइन् । आफ्नै एल्बम निकाल्ने सोच बनाएकी उनले केही एल्बममा गीत गाएकी छन् । ‘भोजपुरी र मैथिली भाषाको एल्बममा मैले गाएकी छु , अरु एल्बमहरुमा पनि अफरहरु आइरहेका छन’ उनले भनिन्,‘आफ्नै एल्बम निकाल्ने सोच राखेकी छु ।’
उनी महेन्द्र मोरङ क्याम्पस विराटनगरमा बीबीएस पहिलो वर्षमा अध्ययनरत छिन् । परिवार र समुदायको सहयोग पाइरहेको बताउने अनुराधा कलाकारिता र अध्ययनलाई संगसंगै अगाडि बढाउने आफ्नो योजना रहेको सुनाउँछिन् ।