मेयर कोइरालाद्वारा सेवाकालीन प्रशिक्षणको उद्घाटन 

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक २५, २०८१

विराटनगर / विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ ।

प्रशिक्षणको एक समारोहका बीच विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा सुरु भएको प्रशिक्षण ३० दिनसम्म सञ्चालन हुनेछ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले छिटोछरितो रुपमा जनताको काम गर्न कर्मचारीहरुलाई आग्रहसमेत गर्नुभयो । कर्मचारीले गर्ने कार्यसम्पादनका आधारमा जनप्रतिनिधिको मूल्यांकन हुने उहाँको भनाइ थियो । जनप्रतिनिधि बनाएका नीति नियमको कार्यान्वयन गर्ने दायित्व कर्मचारीहरुको भएको मेयर कोइरालाले बताउनुभयो ।

कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले एक महिने तालिमले कार्यालय सञ्चालन र व्यवस्थापनबारे धेरै नै जानकारी हुने बताउनुभयो । तालिममा विराटनगर महानगरपालिकाका १२ सहित कोशी प्रदेशका १२ वटा पालिकाका ८० जना सहायकस्तर चौथो र पाँचौं तहका कर्मचारीहरुको सहभागिता रहेको महानगरकी सूचना अधिकृत अनिता कोइरालाले जानकारी दिनुभयो । तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत बुद्धिप्रसाद घिमिरे र लेखा अधिकृत सन्तलाल श्रेष्ठले सहजीकरण गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]