कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारीसहित ७ जनामाथि मानव बेचबिखन कसुरमा अनुसन्धान सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक २५, २०८१

विराटनगर /कोशी प्रदेशका एमाले सांसद लिलाबल्लभ अधिकारीसहित ७ जनामाथि मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा अनुसन्धान सुरु भएको छ। आइतबार विराटनगरबाट पक्राउ गरिएका अधिकारीलाई काठमाडौं ल्याइएको हो। यसअघि ६ जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।

प्रारम्भमा लिखत सम्बन्धी कसुरमा मात्र अनुसन्धान भइरहेकोमा, आइतबारदेखि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार दफा ४ को उपदफा २ को (ग) अनुसार पनि अनुसन्धान अगाडि बढाइएको छ।

सांसद अधिकारी र अन्य व्यक्तिहरू कात्तिक ११ गते “इन्टरनेशनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर २०२४” कार्यक्रममा भाग लिन जापान गएका थिए। उनीहरूले मन्त्रालयको नाममा नक्कली कर्मचारी परिचय पत्र प्रयोग गरी जापानको भिसा प्राप्त गरेको खुलासा भएको छ। अधिकारीसहित तीन जनालाई कात्तिक १४ गते काठमाडौं फिर्ता ल्याइएको थियो।

काठमाडौं फर्किएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेको थियो। अनुसन्धानकै क्रममा प्रहरीले महेश पाण्डे, जुगल रिजाल र विरबहादुर सुनुवारलाई पनि पक्राउ गरेको छ। जापानबाट फर्किएका व्यक्तिहरूले महेश पाण्डेलाई १० देखि १३ लाख रुपैयाँ बुझाएको बयान दिएका छन्।

पूर्व मन्त्री रहेका अधिकारीलाई हाल दुई दिन हिरासतमा राख्न अनुमति

लिइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]