मोरङमा देवरद्वारा भाउजूको खुकुरी प्रहार, गम्भीर घाइते अवस्थाको उपचार जारी

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक २५, २०८१

विराटनगर/ मोरङको कानेपोखरी गाउँपालिका–४ बयरवनमा एक देवरले आफ्नी भाउजूलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवर वसन्तलाई नियन्त्रणमा लिएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीका अनुसार, ५५ वर्षीया शिवा श्रेष्ठ (सार्की) माथि खुकुरी प्रहारबाट दाहिने हातको नाडी र पातामा गहिरो चोट लागेको छ। उनको हात छिन्नै लागेको र अवस्था गम्भीर रहेको जनाइएको छ। उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। आरोपित देवरविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]