विराटनगरमा लालगोविन्द प्रभुजीद्वारा भागवत कथा वाचन

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, कार्तिक २७, २०८१

विराटनगर/ इस्कोन विराटनगरको आयोजनामा पहिलो पटक भारतका ख्यातिप्राप्त वाचक लालगोविन्द प्रभुजीले भागवत कथा वाचन गर्ने भएका छन्। मंसिर १ गतेदेखि ७ गतेसम्म विराटनगर–२ स्थित तीनपैनीको श्याम मन्दिरको हलमा हरेक दिन दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म यो कार्यक्रम सञ्चालन हुनेछ।

पत्रकार सम्मेलनमा इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीले सो जानकारी दिँदै, गुजरातका व्यापारी घरानाका र पेशाले सफ्टवेयर कम्प्युटर इन्जिनियर रहेका लालगोविन्द प्रभुजीले हिन्दी भाषामा सरल र सुन्दर शैलीमा कथा वाचन गर्ने बताएका छन्। लालगोविन्द प्रभुजी आफ्नो ५० प्रतिशत समय व्यापारमा र बाँकी ५० प्रतिशत इस्कोनका धार्मिक कार्यक्रमहरूमा लगाउने गर्छन्।

यस धार्मिक कार्यक्रमको सफल व्यवस्थापनका लागि इस्कोन विराटनगरले डा. राहुल सरावगीलाई संयोजक नियुक्त गरेको छ। सचिव जोशीको नेतृत्वमा इस्कोन विराटनगरको टोली यस कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन लागि परेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]