फिल्म ‘रंगी’ को मध्यपूर्व र मलेशिया अधिकार बिक्री, आशिष इन्टरटेनमेन्टले किन्यो अधिकार

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, कार्तिक २८, २०८१

विराटनगर/सान्भी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको नेपाली फिल्म ‘रंगी’ को मध्यपूर्व र मलेशिया प्रदर्शन अधिकार बिक्री भएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यस फिल्मलाई आशिष इन्टरटेनमेन्टले विदेशी बजारका लागि अधिकार किनेको हो। निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने खुलाइएको छैन।

सुरेश न्यौपानेको निर्देशनमा डेब्यू गरेको यस फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय रहेको छ। सक्षम सुवेदीले निर्माण गरेको यस फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत रहेको छ। यसका कोरियोग्राफी कविराज गहतराज र शिशिर खातीद्वारा गरिएको हो भने प्रोडक्सन प्रमुख केवलमान सिंह बस्नेत हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]