धरानमा ३०७ किलो गाँजासहित कृषि फर्म सञ्चालक पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, कार्तिक २८, २०८१

विराटनगर/धरान उपमहानगरपालिका-१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट करिब ३०७ किलो अवैध लागुऔषध गाँजासहित फर्म सञ्चालक मनिराज राईलाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार राति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा उक्त फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाएर राखिएको गाँजा बरामद गरेको हो। धरान उपमहानगरपालिका-१३ निवासी ४४ वर्षीय राईमाथि लागुऔषधको अवैध कारोबारको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]